Rule 62
विशेष शिक्षा परिषद्को काम, कर्तव्य र अधिकार
विशेष शिक्षा परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विशेष शिक्षा प्रदान गर्न स्वीकृति दिने,
(ख) पाठ्यक्रम विकास केन्द्रको स्वीकृति लिई विशेष शिक्षाको पाठ्यक्रम लागू गर्ने,
(ग) विशेष शिक्षा कार्यक्रमलाई सहयोग पु¥याउन आर्थिक स्रोतको व्यवस्था गर्ने,
(घ) विशेष शिक्षा सम्बन्धमा लिइने परीक्षा सम्बन्धी प्रकृया निर्धारण गर्ने,
(ङ) विशेष शिक्षा दिने संस्था तथा विद्यालयहरुको समन्वय, व्यवस्थापन, रेखदेख, नियन्त्रण र निरीक्षणको व्यवस्था गर्ने गराउने,
(च) विशेष शिक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयलाई दिइने अनुदानको सम्बन्धमा मापदण्ड निर्धारण गर्ने ।